जीप दुर्घटना हुँदा १३ जना घाइते,१ जनाको मृत्यु

काठमाडौं। बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा १९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् –

 

 

दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

 

 

सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

जीतपुरसिमरा -११ मै बस्ने २२ वर्षीया उषा सेढाइ, २ वर्षीय अभय सेढाइ, ४ वर्षीया अंशु सेढाइ, ४० वर्षीया इच्छादेवी मिजार, ४८ वर्षीय जोगी मिजार, वीरगञ्ज-३२ बस्ने ५३ वर्षीया लालमुनिदेवी, १४ वर्षीया आशा साह, गम्भीर घाइते हुनेमा पर्साको बिन्दवासिनी-२ बस्ने २२ वर्षीय प्रेम साह, १२ वर्षीय राजु गुप्ता, जीतपुरसिमरा-७ बस्ने २५ वर्षीया निर्मला देवी साहरहेका छन्। 

 

 

 

त्यस्तै ९ वर्षीय निखिल कुमार साह, ७ वर्षीय निवेश कुमार साह र एक जना पहिचान नखुलेको व्यक्ति घाइते भएका हुन् । सिमराबाट हेटौंडा जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भइ सडकको बायाँतर्फ पल्टिएको थियो ।