नेपाल-चीन सम्बन्ध बलियो बनाउन परराष्ट्रमन्त्री खड्कासँग स्वतन्त्र नागरिकको आग्रह
काठमाडौं । स्वतन्त्र नागरिक समाजले शनिबार परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भेटेर नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन भूमिका खेल्न आग्रह गरेको छ ।
नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको भन्दै सयौं वर्षदेखिको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन आग्रह गरेको हो ।
समाजले पछिल्लो समयमा चीनबाट केहि बिझाउने काम गरेको भन्दै सम्बन्धमा चिसोपना ल्याउन नदिनसमेत आग्रह गरेको छ ।
समाजले नेपाल–चीन सिमा समस्या, चीनमा पढ्न गएका र कोरोनाका कारण नेपाल फर्केपछि फिर्न नपाएर नेपालमा अलपत्र परेका विद्यार्थीको समस्या सामधान गर्न पनि आग्रह गरेको छ ।
त्यसैगरी कोरोना महामारीपछि चीन तर्फबाट नेपाल भित्रने सम्पूर्ण नाका खोल्न पनि समाजले आग्रह गरेको छ ।
सिमा पूर्ण रुपमा नखुल्दा निर्यात सबै भन्दा बढी प्रभावित भएकाले व्यापार घाटा भएकाले समस्या सामधान गर्न पराष्ट्र मन्त्री डा.खड्कासंग आग्रह गरेको छ ।
त्यसै गरी चिनियाँ लगानीका आयोजनामा सुस्त काम भएको देखिएकाले छिटो छरीतो काम गर्न पनि समाजले आग्रह गरेको छ ।
स्वतन्त्र नागरिक समाजले शंकास्पद चिनियाँ नागरिकलाई अध्यागमनमा कडाई गर्न पनि परराष्ट्र मन्त्री खड्कामार्फत आग्रह गरेको छ ।