क्रान्तिकारी माओवादी बुढानिलकण्ठ नगर पालिकाको नारायणस्थानचोकमा स्थानीय निर्वाचन बहिष्कार अभियानको कोणसभा सम्पन्न

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) को २०७८ फागुन २५ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले प्रतिक्रियावादी स्थानीय निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने निर्णय गरे अनुसार केन्द्रीय समिति , बागमती प्रदेश समिति र काठमाडौं जिल्ला समितिको निर्णय र निर्देशन बमोजिम टोखा,तारकेश्वर र बुढानिलकण्ठ नगर पालिकाहरुमा संयुक्त प्रतिक्रियावादी तथा कथित स्थानीय निर्वाचन बहिष्कार अभियानलाई व्यापक रुपमा तीव्रता दिने क्रममा नेकपा (क्रान्तिकारी माओवादी) टोखा ,तार्केश्वर र बुढानिलकण्ठ नगर संयुक्त अभियानले आज बुढानिलकण्ठ नगर पालिकाको नारायणस्थानचोकमा कोणसभा सम्पन्न गरेको छ ।

 

 

संयुक्त अभियानका संयोजक प्रवीणको अध्यक्षतामा सम्पन्न उक्त कोणसभामा प्रमुख अतिथिका रुपमा अभियानका कमान्डर रीना हुनुहुन्थ्यो भने सन्ध्या , ज्ञानेन्द्र प्रजापति अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

 

 

दोर्जेले सञ्चालन गर्नुभएको उक्त कोणसभालाई संबोधन गर्दै प्रजापतिले भोट माग्दै घर घरमा आउने संसदीय दलालहरुलाई आम जनताले लखेट्नु पर्छ भन्नु भयो ।

 

 

 

त्यस्तै सन्ध्याले “ एमसीसी , कालापानी , लिपुलेख , लिम्पियाधुरा र नदीनालाहरुमा राष्ट्रघात गर्ने तथा देशद्रोहीहरुलाई भोट नहालेर आम जनतालाई सशक्त रुपमा बहिष्कार गर्न आग्रह गर्नु भयो ।

 

 

कोणसभालाई संबोधन गर्दै प्रमुख तथा अभियानका कमाण्डर रीनाले “जनतालाई सचेत बनाउँदै हाम्रो पार्टीले आह्वान गरेको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियानलाई सफल पार्न सशक्त ढंगले अगाडि बढाऊँ “ भन्नू भएको थियो भने कोणसभालाई विसर्जन गर्दै प्रवीणले “ हाम्रो पार्टीले सञ्चालन गरिरहेको प्रतिक्रियावादी स्थानीय निर्वाचनको लक्ष्य महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् अभियानको माध्यमबाट क्रान्तिकारीको तयारी गर्ने हो “ भन्नुभएको थियो ।