च्यातिएर सिलाइएको पाइन्ट !

-अधिवक्ता हरिराज अधिकारी

एक दिन एउटा बिद्यार्थी स्कुलबाट घर फर्किदै गर्दा बाटोमा चिप्लिएर लड्यो।

चोटपटक त लागेन तर उस्को पाइन्ट भने च्यातियो।

उ जुरुक्क उट्यो पाइन्ट च्यातिएको थाहा पाउने बित्तिकै छिटोछिटो घरतिर लाग्यो तर घरमा कसैलाइ पनि पाइन्ट च्यातिएको कुरा सुनाएन।

 

 

भोलिपल्ट पाइन्ट च्यातिएकोले स्कुल जान मानेन त्यही बेला बुवाले सोध्नु भएछ किन आज स्कुल जानको लागि तयारी नभएको बिदा हो र?

छोरोले जवाफ दियो स्कुल बिदा त छैन मेरो पाइन्ट च्यातिएको छ त्यसैले म स्कुल जान्न।

 

 

बुबाले भन्नु भो खै पाइन्ट लिएर आइजा त कति च्यातिएको रैछ ? छोरा च्यातिएको पाइन्ट लिएर आयो र देखायो ।

 

बाबूले छोरालाइ सियो र धायो नि लिएर आउन भन्नू भो, छोरोले लिएर आयो। बुबाले च्यातिएको पाइन्ट मेहनतका साथ सिलाउनु भो र लु लगा अब भन्नू भो।

 

 

छोराले जवाफ दियो म यस्तो च्यातिएको पाइन्ट लगाएर स्कुल त मरेपनी जान्न।

 

फेरि यो च्यातिएको पाइन्ट लगाएर साथीभाइ र सरमिसको अगाडि कसरी देखापर्नु , छेउमा कसरी बस्नु, त्यसैले जान्न भो च्यातिएको पाइन्ट लगाएर।

 

 

 

बुबाले सम्झाउदै भन्नू भो हेर छोरा तिमी त ज्ञान आर्जन गर्न , शिक्षित बन्न , ठूलो मान्छे कसरी बन्ने त्यो सिक्न जान पो लागेको हो, नया पाइन्ट देखाउन स्कुल जान होइन नि र फेरि अर्को अहिले हामि सङ नया पाइन्ट सिलाउन पैसो पनि छैन समय पनी छैन।

 

 

 

आज यहि लगाएर जाउ भोलि अर्को सिलाइदिउला । छोरोले भनेको मान्यो र असहज हुँदै स्कुल गयो।

 

स्कुलको लाइनमा असहज तवरले अन्तिममा बस्यो उ चाहन्थ्यो कसैलेपनि नदेखोस , थाहा नपाहोस।

 

 

 

विद्यार्थीले असहज महसुस गरिरहेको एउटा शिक्षकको आँखामा पर्यो तर असहजता महसुस गर्नुको कारण थाहा पाउन सकेनन तैपनि निरन्तर ध्यान दिइरहे।

 

 

 

कक्षा कोठा हुँदा, शौचालय जादाआउ सम्म एकदम अप्ठ्यारो महसुस भैरहयो।

 

शिक्षकको निरन्तर निगरानीबाट शिक्षकलाइ कुरो पत्तो भो च्यातिको पाइन्ट सिलाएर लगाएर आएकोले विद्यार्थीले असहज र एकदम अप्ठ्यारो महसुस गरिरहेको छ।

 

 

 

अन्तिम दोर्सो पिरियडमा शिक्षकले कक्षाकोठामा पढाउने बेला त्यो बिद्यार्थीलाई अगाडि बोलाउनु भो सबैको अगाडि च्यातिएको पाइन्ट सिलाएको देखाइदिनु भो।

 

 

 

देखाउने क्रममा उहाले यो कुरा भन्न छुटाउनु भएन कि एक असल बुबाको राम्रो सिलाइ सीप र कला, असल छोराले बाबुको कर्म माथी गरेको सम्मान, जहाँ इच्छा त्याहा उपाए, आफ्नो ज्ञान सिपको प्रयोग , आत्मनिर्भरता , समस्याको उचित समाधान यावत यावत कुराहरु भन्दै ल गएर बस भन्नु भो।

 

 

 

विद्यार्थी एकदमै गैरवका साथ गएर बस्यो स्कुल छुट्टि हुने बित्तिकै हसिलो मुहारको साथ घर फर्कियो।

 

छोराको मुहारमा खुसीदेख्दा बाबू छक्क परे किन यति धेरै खुसी भाको होला भनेर ।

 

 

 

छोराले झोला भुइमा राखेर सुनाउन थाल्यो आज स्कुलमा सरले तपाइको सिप,मेरो लगनसिलता अरु केके कुराको कति प्रशन्शा गर्नु भो , तपाईं एक असल पिता हो भनेर आज मेरो स्कुल भरी तपाइको र मेरो चर्चा छ बुबा।

 

 

 

अब मलाइ नया पाइन्ट पर्दैन यहि लगाएर जान्छु पाइन्टको साटो एउटो नया कापी किनेर ल्याइदिनु यो पालाको परिक्षामा उच्च स्थान हासिल गर्न छ।

 

बुबाले मुस्कुराउदै सरको नाम सोध्नु भो र हस हस भोलि नया कापी किनिदिउला भन्नू भो।

 

 

दुइ दिन पछि बुबाले शिक्षकलाई भेट्न स्कुल जानू भो र शिक्षकलाइ भन्नु ।

 

 

शिक्षकलाइ किन भगवान भन्छन भन्नेकुरो मैले अस्ति मेरो छोराको चेहराबाट बुजे ।

 

 

यदि त्यो दिन हजुरले केही घृणित शब्द प्रयोग गरिदिएको भए मेरो छोराको अन्तरमन देखि विद्यालयको ढोका सदाको लागि बन्द हुने थियो, अब मेरो छोरो असल मान्छे बन्ने कुरोमा म ढुक्क छु।

 

तपाइ प्रती मेरो उच्च सम्मान छ। शिक्षकले मुस्कुराउदै भन्नु भो यो मेरो धर्म हो।

 

 लेखक :- अधिवक्ता हरिराज अधिकारी