काँग्रेस बाजुराले अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्षको उम्मेदवारी टुङ्गो लगायो (नामावलीसहित)
काठमाडौं। नेपाली काँग्रस बाजुराले जिल्लाका पाँच स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी टुङ्गो लगाएको छ।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाजुराले पाँच गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित ६९ वडाध्यक्षको उम्मेदवारी टुङ्गो लगाएको हो ।
निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम समय भएकाले काँग्रेसले सोमबार विहान गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष देखि सदस्यहरुका उम्मेदवारको टुङ्गो लगाएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
काँग्रेसले स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यक्षमा भरतबहादुर रोकाया, उपाध्यक्षमा मैना जोशी, जगन्नाथ गाउँपालिकाको अध्यक्ष सुन्दर विष्ट, हिमाली गाउँपालिकाको अध्यक्ष गोविन्द्रबहादुर मल्ल,उपाध्यक्षमा कमला रावत(रोकाया),गौमुख गाउँपालिकाको अध्यक्ष हिरेन्द्र रोकाया,उपाध्यक्षमा उमा रोकाया र खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा खडकबहादुर बुढा र उपाध्यक्षमा विशु नाथलाई उम्मेदवार बनाएको हो ।
जगन्नाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेर उपाध्यक्ष माओवादीबाट उम्मेदवार बनाउने समहती भएको काँग्रेस बाजुराले जनाएको छ ।