नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि,१८ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पीसीआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।

 

 

 

त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् ।

 

 

 

हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।