ग्याँस सहज हुन अझै केही दिन लाग्ने

सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो पटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइएपनि उपभोक्ताले ग्याँस अभावको समस्या झेलिरनु परिरहेको छ ।

 

 

बजारमा मागअनुसारको आपूर्ति नभएको कारण उपभोक्ताले खाना पकाउने ग्याँस लिन अझै पालो पर्खिरनुपरेको छ ।

 

 

 

गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्याँसको आपूर्ति व्यवस्था सहज हुन अब केही दिन कुर्नुपर्ने भएको छ ।

 

 

 

 

चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेको कारण अहिलेसम्म काठमाडौंमा उपत्यकालगायत देशभरै बजारमा ग्याँसको अभाव कायमै छ ।

 

 

बढाइएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले सहज रुपमा ग्याँस पाउन सकेका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।