‘जन्मभूमि भन्दा ठूलो छैन अरू’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । देवी पराजुलीको नयाँ गीत ‘जन्मभूमि भन्दा ठूलो छैन अरू’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

 

 

काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । रिता केसी र सञ्जय तुम्रोकको स्वर रहेको गीतमा अशोककुमार राईले संगीत भरेका छन् ।

 

 

जन्म भूमि प्रतिको माया र प्रेम समेटिएको गीतको भिडियो शिवराज गौतमले निर्देशन गरेका हुन् ।

 

 

 

सुनिता दोङ र सुरज लिम्बुले कोरियोग्राफी गरेको गीतको भिडियोमा रचनाकार पराजुली र अनिल महरा फिचर्ड छन् । गीतको भिडियो गोविन्द घिमिरे खिचेका हुन् ।

 

 

 

डा। कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा भएको गीत सार्वजनिक कार्यक्रममा विभिन्न विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो ।