नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७७८ पीसीआर परीक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टिजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन्।

 

 

हाल नेपालमा २ सय ४३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २ लाख ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी गराएको छ।