नेपालमा थप २० जनामा कोरोना पुष्टि, २७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५०८ पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् ।

 

 

 

हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २९ हजार ५७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी गराएको छ ।