सुनचाँदी सुनको मूल्य घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ ।

 

 

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ ।

 

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो ।

 

 

 

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ ।

 

 

 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।