अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र नायिका नायिका श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसी र खड्कासहित कलाकार रवीन्द्र खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

 

 

 

प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ, केसीले भने,कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।

 

 

 

उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् । कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए ।

 

 

 

यो प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष राखेका थिए । पनौती नगरको मेयर बन्न चाहन्थेँ, उनले भने,यो प्रस्ताव पनि राखेको हुँ ।

 

 

 

तर सभापतिले अहिले ढिला भइसक्यो । प्रदेश र संघको निर्वाचनमा सकेँ भने प्रयास गरौँला नभए पार्टीभित्र काम गर्ने ठाउँ धेरै छन् भन्नुभएको छ ।