नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

 

 

 

टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

 

 

 

नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ ।

 

 

 

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो टी–ट्वान्टी वर्षाले रद्द भएको थियो ।