मुगुको छायानाथ रारा नगरपालिकामा भ्रष्टाचार गर्ने ५ जना विरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं।मुगुको छायानाथ रारा नगरपालिकामा नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ।

 

 

 

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो।

 

 

उनीहरुमाथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्‍याएको आरोप छ।

 

 

 

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारुसहित सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध मुद्दा दायर गरेको हो।