एकैदिन सुनको मूल्य तोलामा १४ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ ।

 

 

 

 

बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

 

 

आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

 

 

 

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।