बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप

सांकेतिक तस्वीर

काठमाडौं। बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ ।

 

 

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो ।

 

 

शुक्रबार दुई समूहबीच बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो ।

 

 

कांग्रेसका कार्यकर्ताको कुटाइबाट एकीकृत समाजवादीका कार्यकर्ताहरु भागेर प्रहरी कार्यालयमा गएका थिए ।

 

 

पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो ।

 

 

 

प्रहरीले घटनालाई नियन्त्रणमा लिन अवाइ फायर गरेको हो। प्रहरीतर्फ तीन जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनुभयो ।