देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि,थप ९ जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप १२ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

२ हजार ५८० जनाको आरटी पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९३८ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

हाल नेपालमा १ सय ५० जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।