बेचिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

सांकेतिक तस्वीर

काठमाडौं। सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ ।

 

 

 

प्रदेशको विभिन्न स्थानबाट मानव बेचबिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए ।

 

 

 

 

उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारततर्फ बेचबिखनका लागि लैजाने क्रममा सीमा सुरक्षामा खटीएका सशस्त्र प्रहरी बलले उनीहरु उद्दार गरेको बाहिनीपति डीआईजी ठाडामगरले जानकारी दिए ।

 

 

 

उनका अनुसार सीमा नाकाहरुमा मानव बेचबिखनका घट्नाहरु बढ्दो छ । यसलाई न्यूनीकरण गर्न सीमा सुरक्षा सशस्त्र प्रहरी बल गम्भीर बनेको उनको भनाइ छ ।