निम्नपूँजीवादी समाजवाद र निम्नपूँजिवादी क्रान्तिबादवारे ?

माक्र्सले कम्युनिष्ट घोषणापत्रमा निम्नपूँजीवादी समाजवादी प्रवृतीको वारेमा विरोध गर्नु भएको छ, जसलाई उहाँले निम्न—बुर्जुवा समाजवाद भन्नु भएको छ ।

 

 

निम्न—बुर्जुवा समाजवादी प्रवृतीलाई उहाँले प्रतिक्रियावादी प्रवृती भन्नु भएको छ । माक्र्सले यसो किन भन्नु भएको होला?

 

यो प्रश्नलाई उहाँले निम्नपूँजीवादी समाजवादी प्रवृती एउटा प्रतिक्रियावादी प्रवृती हो किनभने यसले इतिहासको चक्रलाई पछाडितर्फ घुमाउन कोशिस गर्दछ भनेर त्यसको प्रवृतिलाई स्पष्ट पार्नु भएको छ।

 

 

 

यो कसरी र किन हुन्छ? त्यसवारे माक्र्स भन्नु हुन्छ, किनभने पूँजीवादी व्यवस्था वा पूँजीवाद ठूलो पैमानाको स्वामित्वमाथि आधारित हुन्छ ।

 

 

क्रान्तिको आवस्यकता ठूलो पैमानाको पूँजीवादी स्वामित्वको ठाउँमा समाजवादी स्वामित्वको स्थापना गर्नु हो ।

 

 

 

निम्नपूँजीवादी प्रवृतीले क्रान्तिद्धारा त्यसो नगरी पुनस् सानो पैमानाको स्वामित्वको पूनस्थापनामा जोड दिन्छ, जो माक्र्सको भनाईमा प्रतिक्रियावादी सोचाईनै हो ।

 

 

 

बिश्वको र्ईतिहासले देखाएको छ कि जति जति पूँजिवादको बिकास हुुदै जान्छ, त्यही क्रममा निम्नपूँजिपतिबर्ग विस्श्रृखलित हुदै र टुटदै जान्छ ।

 

 

केहि मुटठीभर ब्यक्तिहरुले आफूलाई पूँजिपतिबर्गको रुपमा बिकास गर्दै जान्छन भने बहुसंख्यक जनसंख्या गरिव हुदै, दिवालिया बन्दै सर्वहाराबर्गको रुपमा बदलिन जान्छन ।

 

 

तर पनि निम्नपूँजिपतिबर्गले आफूलाई आफनो शक्तिले भेटेसम्म, अनेक उपाय लगाएर भएपनि आफूलाई सर्वहाराबर्गमा आर्थिक रुपमा खस्नबाट जोगाउने कोशिस गर्दछ तर राष्ट्रिय अन्तराष्ट्रिय एकाधिकार पूँजिवादी बिकासका कारण उसको त्यो सपना पुरागर्न कठिन हुन्छ र झनझन सर्वहाराबर्गका नजिक पुग्दै जान्छन र अन्त्यमा उनीहरुको निम्ति पूँजिवादी विश्वदृष्टिकोण त्याग्नु र सर्वहारा बिश्वदृष्टिकोण अपनाउनु जरुरी हुन जान्छ ।

 

 

 

तर पनि निम्नपूँजिपतिबर्गले पूँजिपतिबर्गको आड र भरोसामा आफनो वर्तमान अवस्थालाई फेर्दै पूँजिपति, धनी बन्ने सपना छाडेको हुदैन र कैयौले यसमा प्राप्तगरेका सफलताका कथाहरुले पनि उनीहरुलाई अवसरवादी चरित्र कायमै राख्न र केहिलेत पूँजिपतिबर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडी बढाउदछन ।
यो हाम्रै नेपाली समाजको वोरीपरी देखिदै आएको यथार्थता हो ।

 

 

 

नेपालको ८० प्रतिशत भन्दा बढता जनसंख्या किसानहरुको छ, त्यसैले यहाँको समाजमा बढताप्रभाव निम्नपूँजिवादी चरित्रको छ जसरी माक्र्सले १९औ शताब्दीको पूर्वाधमा फ्रान्सको आधाभन्दा बढता जनसंख्या किसानहरुको थियो र जसको कारण फ्रान्स निम्नपूँजीवादी समाजवादको जन्मभूमी बन्नगएको थियो भनेर भन्नु भएको छ ।

 

 

निम्नपूँजिपतिवर्गवारे माक्र्सको निम्न व्याख्या र विश्लेषणको अध्ययन गरौ, जसमा माक्र्सले यसरी विश्लेषण गर्नु भएको छ— निम्नपूँजीवादी समाजवाद भनेको पूँजीवादी शासन व्यवस्थाको बिरोध र आलोचना त गर्ने तर त्यस्तो आलोचना र बिरोधको मापदण्ड किसान र निम्नपूँजिपतिहरुलाई प्रयोग गरिन्थ्यो ।

 

 

 

निम्नपूँजिपतिवर्गसंग केहि सम्पत्ति र जीवन निर्वाहका केहि साधनहरु हुन्छन । तर त्यो बिधमान सम्पत्ति र उनीहरुसंग भएको जीवन निर्वाहका साधनहरुको अस्तित्व सधैभरि खतरामा रहिरहेको हुन्छ । यो खतरा उनीहरुलाई सधैभरि पूँजिपति वर्गबाटै भईरहन्छ ।

 

 

 

त्यसैले निम्नपूँजिपतिवर्गले आफनो सम्पत्ति र जीवननिर्वाहका साधनहरुलाई बचाएर राखिरहन सधैभरि पूँजिपति बर्ग सित संघर्ष गरिरहनु पर्छ ।

 

 

निम्नपूँजिपतिवर्गको अवस्थाको वारेमा माक्र्सले उहाँका साथी अन्निनकोवको नाममा लेखेको पत्रमा यसरी उल्लेख गर्नु भएको छ — निम्नपूँजिपतिवर्ग एकैसमय “पूँजिपति पनि हुन्छन, जनताका मान्छे पनि।

 

 

 

उनीहरु पूँजिपतिबर्गद्धारा उत्पीडित हुन्छन, त्यसैले पूजिपतिबर्गका विरोधि हुन्छन, जनताका मान्छे हुन्छन । पूँजिपतिबर्गको बिरोधगर्न उनीहरु समाजवादी हुन्छन । यसरी उनीहरु किन समाजवादी भएत केवल पूँजीवादको बिरोध र आलोचनाको अर्थमा मात्रै ।

 

 

 

 

क्रान्ति र परिवर्तबारे निम्नपूँजिबादी तत्वहरुको धारणा के हुन्छ ? त्यसवारे माक्र्सले जर्मनका निम्नपूँजिवादी तत्वहरुको आलोचनागर्दै भन्नु भएको थियो –“जवकि हामीहरुले मजदुरहरुलाई भन्दछौ:

 

 

बिधमान अवस्थामा परिवर्तन तथा आफूहरुलाई शासनको निम्ति समर्थ वनाउन तिनीहरु सम्भवत; अरु १५, ३० वा ५० बर्षको गृहयुद्धबाट गुज्रनु पर्ने छ, तर निम्नपूँजीवादी तत्वहरुद्धारा मजदुरहरुलाई भनिन्छ “हामी तुरुन्तै क्रान्ति गर्नु पर्छ होईन भने हामीहरु सवै सुत्न सक्ने छौ ।

 

 

यसवारे माक्र्सले जोड दिनु हुन्छ —क्रान्ति एउटा लामो प्रकृया हो भन्नेकुरा निम्नपूँजिवादी तत्वहरुलाई पचाउन मुस्किल पर्दछ ।

 

 

त्यहाँको तत्कालिन परिस्थिति र निम्नपूँजिवादीहरुको क्रान्तिसम्बन्धी सोचाई वारे माक्र्स पुनस् लेख्नु हुन्छ “पार्टीका पुराना नेताहरुले कार्यकर्ताहरुलाई यो भनेर उत्साहीत पार्ने प्रयत्न गर्दथिए । क्रान्ति छिट्टै हुने छ, टाढा भए ४–५ बर्षमा पक्कै पनि ।

 

 

माक्र्स भन्नु हुन्छ—पार्टीले प्रारम्भिक दिनहरुमा प्राप्तगरेका सफलताका पछाडि यसप्रकारको शिघ्रबिजय वा आशाले प्रशस्त कामगरेको थियो । तर जव क्रान्ति झन झन टाढाको कुरा बन्दै गयो , निम्नपूँजिवादी तत्वहरुको यो सक्रियता र त्यागको भावना पनि सेलाउदै गयो ।

 

 

 

माक्र्सले जर्मनका निम्नपूँजिवादी तत्वहरुको वारेमा गरेको यो आलोचना अहिले पनि विश्व कम्युनिस्ट आन्दोलनका सन्दर्भमा र नेपालकै सन्दर्भमा केही कम्युनिस्टहरुमा लागुहुन्छ तर क्रान्तिप्रति नैराश्यताको मानसिकतामा ।

 

 

 

दशवर्षे जनयुद्धको अवसानपछि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिप्रति नैराश्यताको मानसिकता फैलाउने कार्यमा प्रचण्ड, बाबुराम पहिलो पंक्तिमा देखिएका छन् ।

 

 

 

पछिल्लो अवस्थामा विप्लव र प्रकाण्डको विचलनले पनि काफी रुपमा नकरात्मक असर पार्ने सम्भावना देखिदै छ । र मोहन विक्रम सिंहमा देखिएको संसदीय मोहले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिप्रति नैराश्यताको मानसिकता फैलाउने कार्यमा मद्त पुर्‍याउने छ ।

 

 

 

यद्धपि नेकपा(मसाल) भित्रको विद्रोह र नेकपा(बहुमत)को गठनले ती पार्टीभित्रका क्रान्तिकारीहरुलाई क्रान्तिप्रतिको आशावादलाई बचाउन मद्त गर्ने आशा गर्ने आधार देखिएको छ ।

 

 

 

क्रान्ति र परिवर्तबारे निम्नपूँजिबादी तत्वहरुको धारणा के हुन्छ ?त्यसवारे माक्र्सले जर्मनका निम्नपूँजिवादी तत्वहरुको आलोचनागर्दै भन्नु भएका माथि उल्लेखित प्रवृतिलाई आत्मसाथ गदैृ मोहन बैद्य किरण नेतृत्वको नेकपा—माओवादीको क्रान्तिकारी लाइनको विरोध गर्दै विप्लवले आफनो नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए र माक्र्सले भनेझै दुई चार बर्षमै क्रान्ति गर्ने सपना बाँडेका पनि थिए ।

 

 

 

निम्नपूँजीवादी समाजवादका बिरुद्धको लडाईको कति महत्व रहेछ र यसले संघर्षलाई कहाँसम्म पुराउदछ त्यसवारे लेनिनले आफनो किताव ‘राज्य और क्रान्ति’ मा जोडदिएर भन्नू भएको छ “ निम्नपूँजीवादी समाजवादका बिरुद्ध माक्र्स तथा एङ्गेल्र्सले आफनो जीवनभरि नै लडनु भयो ।

 

 

 

 

त्यो दौरानमा उहाँले सिस्मोदी (१७७३–१८४२) जस्ता निम्नपूँजीबादी समाजबादका चर्चित बेलायती साहित्यका नेता, प्रुधो (१८०९–१८६२ )र वाकुनीन (१८१४–१८७६) आदि निम्नपूँजीवादी समाजवादी नेताहरुका बिरुद्ध सैद्धान्तिक, वैचारिक संघर्ष गर्नु भयो ।

 

 

त्यस संघर्षको क्रममा उहाँहरुले क्रान्तिकारी सर्वहारा समाजबादका सिद्धान्त र कार्यनीतिको रुपरेखा निस्चित गर्नु भयो ।

 

 

 

माक्र्स तथा एङ्गेल्सको यो लडाई दुश्मनका दलाल, प्रतिक्रान्तिकारी वा गद्यारसंग नभै निम्नपूँजीवादी समाजवादी नेताहरु कैयौ आफनो समयका स्थापित क्रान्तिकारीहरु थिए, उनीहरुसंग थियो ।

 

 

 

उनीहरुले प्रदर्शन गरेको त्याग, वलिदान र विरताको प्रदर्शनअहिले पनि विश्व समाजवादी क्रान्तिका अमर उदाहरणहरु मानिन्छन ।

 

 

उनीहरुप्रति अत्यन्त आदरभाव राख्दाराख्दै माक्र्सले उनीहरुको बिरोधमा आफूलाई उभ्याउनु परयो किनभने उनीहरुको समाजबाद र क्रान्ति सम्बन्धी धारणाहरु अवैज्ञानिक, काल्पनिक र रोमाण्टिक थिए ।

 

 

माक्र्स, एङ्गेल्र्सको बिश्लेषणामा तिनीहरुद्धारा क्रान्तिलाई लाभ र फाईदा होईन हानी र वेफाईदा नै ज्यादा पुग्दथ्यो ।

 

 

 

विश्व कम्युनिस्ट आन्दोलनका लागि माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओले वारम्बार जोड दिएको के हो भने सर्वहारा वर्गिय क्रान्तिकारी पार्टीको निम्ति सिद्धान्त र राजनीतिप्रति निरन्तर लगन, संगठन, अनुशासन र दृढताको परिचय यी अनिवार्य शर्त हुन र निम्नपूँजिवादी क्रान्तिकारीपनका बिरुद्धको संघर्षलाई माक्र्सवादी लेनिनवादी बिरोधी धाराका रुपमा लिनुपर्दछ तर साथै उनीहरुलाई निम्न पूँजिपतिवर्गको “दृष्टिबिन्दु” र “मापदण्ड” लाई परिवर्तनगर्न उनीहरुलाई ‘सर्वहारावर्गिय दृष्टिकोण’ र ‘मापदण्ड’ को आधारमा सैद्धान्तिक र वैचारिक रुपमा प्रशिक्षित, संगठित र आन्दोलित गराउदै लैजानुपर्छ ।

 

 

 

 

 

किनभने माक्र्सबादका संस्थापक माक्र्स तथा एङ्गेल्सहरु र उनीहरुका अनुयायीहरु लेनिन, स्तालिन र माओले निम्नँुजिबादी क्रान्तिबादका बिरुद्ध वारम्बार संघर्ष गर्नका बावजुद वेग्ला वेग्लै देश, काल परिस्थितिमा त्यो नयाँ नया भेषमा आश्चर्य लाग्दोगरि देखापर्ने गर्दछ, हामीले ती सवै रुपहरु र भेषहरुलाई वेलैमा चिन्दै तिनीहरुका बिरुद्ध संघर्ष गरिरहन पर्ने आवस्यक छ भन्नु भएका भनाईहरु एउटा कम्युनिस्ट पार्टीका सेलदेखि केन्द्रीय समितिसम्मलाई मार्गनिर्देश गर्दछन् ।

 

 

 

 

माक्र्स तथा ऐगेल्सले जे जसरी उनीहरुका बिरुद्धको लडाईमा उनीहरुले प्रदर्शन गरेको त्याग, वलिदान र विरताको प्रदर्शनप्रति अत्यन्त आदरभाव राख्दाराख्दै माक्र्सले उनीहरुको बिरोधमा आफूलाई उभ्याउनु परयो त्यसैगरि नेपालको सन्दर्भमा पनि यसको आवश्यकता रहदै आएको यथार्थता हो ।

 

 

 

 

माक्र्सले भनेझै उनीहरुको समाजबाद र क्रान्ति सम्बन्धी धारणाहरु अवैज्ञानिक, काल्पनिक र रोमाण्टिक थिए । माक्र्सको बिश्लेषणबाट के स्पष्ट हुन्छ भने तिनीहरुद्धारा क्रान्तिलाई लाभ र फाईदा होईन हानी र वेफाईदा नै ज्यादा पुग्दथ्यो ।

 

 

 

 

निम्नपुँजिबादी क्रान्तिबादको बहुलट्ठीपनावारे स्तालिनव्दारा रचित माक्र्सवाद लेनिनवादको प्रशिद्ध कृति ‘लेनिनबादका आधारहरु’ मा बिस्तृत ब्याख्या र बिश्लेषण गरिएको छ, जसमा भनिएको छ “बिजय खालि अग्रगामी दस्ताका आधारमा मात्र प्राप्त हुन सक्दैन त्यसलाई मात्र निणयात्मक युद्धमा होमिदिनु ।मूर्खता मात्र होइन तर अपराध हुने छ।