भारतमा तीन महिनापछि सबै भन्दा बढी कोरोना संक्रमित भेटिए

काठमाडौं । भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् ।

 

 

यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

 

 

 

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो ।

 

 

 

भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भयो भने २ हजार ६१२ संक्रमित निको भए । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् ।

 

 

 

 

यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ ।

 

 

 

 

भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९.८७ भेटिएको छ । यो भनेको शनिबार १०० जनाको कोरोना परीक्षण गर्दा १० जना संक्रमित भेटिनु हो ।