युक्रेन र रुसबीचको युद्धमा दैनिक २ सय सैनिकको मृत्यु

काठमाडौं । युक्रेन र रुसबीच भएको युद्धमा अग्रपंतिमा रहेका सैनिकको दैनिक करिब २ सय जनाको मृत्यु हुने गरेको युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।

 

 

 

उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएको पनि उहाँको तर्क छ ।

 

 

 

डोन्बासमाथि पूरै नियन्त्रण गर्ने प्रयासमा रहेको रुसी फौजले त्यहाँ निरन्तर बमबारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभएको छ ।

 

 

रुसी फौजले परमाणु अस्त्र प्रयोग गर्नु बाहेक अरू सबै प्रकारको हमला गरिरहेको उहाँले बताउनुभएको छ ।

 

 

 

साथै युक्रेनले पश्चिमी देशहरूलाई थप अस्त्र दिन ताकेता गरेको समेत युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।