जाजरकोट जिप दुर्घटना- ३ को मृत्यु, ३ को अवस्था गम्भीर

काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ वलेबनमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा अन्य आठजना घाइते भएका छन् ।

 

 

 

मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुराँस गाउँपालिका– ७ की कालिका शाही, सोही गाउँपालिका– ५ शिवपुरीकी पुतला गिरी र सोही स्थानका दर्शन शाही रहेका छन् ।

 

 

 

दुईजनाको घटनास्थलमै र एक जनालाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको छ ।

 

 

 

 

 

लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे ब्रेक फेल भएर पल्टिएको इलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।

 

 

घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएको छ । केहीलाई हेलिकोप्टरबाट अन्यत्र लैजाने तयारी समेत भएको छ ।