सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता

काठमाडौं। पोखरामा १ किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।

 

 

पोखरा महानगरपालिका वडा नम्बर २ नारायणथान नजिक रहेको पुलबाट ती किशोरीले सेती नदीमा हाम फालेको कास्की प्रहरीले जनाएको छ ।

 

 

हाम फाल्ने किशोरी धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोलमा डेरा गरी बस्दै आएकी १८ वर्षीया कञ्चन अवस्थी रहेको बताइएको छ ।

 

 

 

उनले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । पृथ्वीनारायण क्यापसमा अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।

 

 

किशोरीले सेतीमा हाम फालेपछि उद्दारका लागि तत्काल टोली खटाएर खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।