गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

 

 

बुधबार प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

 

 

पुँजीगत खर्चतर्फ २२ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ खर्च हुनेछ ।

 

 

बजेटको २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ भने ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।

 

 

यस्तै, वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गरिने अनुमान गरिएको छ ।

 

आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त गर्ने अनुमान लिइएको छ ।

 पूर्णपाठ-

gandaki prov budjet 1