बुलेटमा लगानी, बालुवामा पानी

काठमाडौँ । खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ ।

 

 

ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ ।

 

 

 

भारतीय बुलेटले एलपी ग्यास ढुवानी गर्दा पाउने दैनिक भाडा करिब एक करोड ८० लाख रुपियाँ हुन्छ । त्यस आधारमा मासिक करिब ५५ करोड र वार्षिक छ अर्ब रुपियाँ पर्छ ।

 

 

 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार नेपाल भारतको छोटो दूरी बरौनीबाट काठमाडौँ ग्यास ल्याएको एक ट्रिपमा बुलेटले एक लाख ५० हजार रुपियाँ भाडा लिन्छ ।

 

 

तर लामो दूरी अर्थात् उडिसाबाट ल्याएको हो भने एक पटकमा करिब तीन लाख रुपियाँ भाडा लैजान्छ ।

 

 

 

२०७७र०७८ मा नेपाल आयल निगमले ३४ अर्ब २४ करोड रुपियाँको चार लाख ८१ हजार मेट्रिक टन ग्यास आयात गरेको छ ।

 

 

 

सोही आवमा भारतसँग नेपालको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपियाँ रहेको छ । यसमा नेपाली व्यवसायीले ग्यास बुलेटका लागि गरेको लगानीको तथ्याङ्क समावेश छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।