पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी)द्वारा आयल निगम घेराउ

काठमाडौँ । पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी)ले आज नेपाल आयल निगम घेराउ गर्दै विरोध प्रदर्शन गरिएको छ ।

 

 

 क्रान्तिकारी माओवादी सम्वद्ध अखिल(क्रान्तीकारी)ले पेट्रोलियम पदार्थमा गरिएको भारि मूल्य वृद्धिको विरोधमा आज निगमको टेकुस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेको हो ।

 

 

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित अखिल (क्रान्तिकारी)ले निगम घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।

 

 

प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।  

 

 

 

त्यस्तै अखिल( क्रान्तिकारी) का केन्दीय अध्यक्ष हरिकृष्ण गजुरेलले पट्टक-पट्टक सेर बहादुर देउवा सरकारले मूल्य वृद्धि गरेर जनताकाे ढाड सेक्ने काम गरेकाे आराेप लगाएका थिए।

 

 

 

उनले भने आयल निगमले यसरी गरेको मुल्यवृद्धि लुटाहा फटाहाको गिरोहहरुले चलखेल गरेर बढाएको र त्यसकाे भण्डाफाेर गर्दै देशव्यापी आन्दाेलनमा उत्रिनु पर्ने बताएका छन्।

 

 

उक्त कार्यक्रमको सञ्चालन अखिल(क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले गर्नु भएको थियो।

 

 

 उनले भनिन्न यो जनताहरुको साझा एजेन्डा भएको हुँदा जनताको ढाड सेक्ने गरि गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सडक संघर्ष गर्नु बाहेक अन्य विकल्प नभएको हुँदा अब जनतालाइ पनि संघर्षमा आउन आवहान गर्नु भयो।

 

 

 

त्यस्तै  सरकारले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ बढाएको छ ।

 

 

त्यस्तै हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्यतर्फ १०० अमेरिकी डलर बढाउने उल्लेख छ।

 

 

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ।यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

 

 

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

 

 

आयल निगमले कायम गरेको पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हो ।