अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

 

 

सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।

 

 

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

 

 

 

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।

 

 

 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाए ।