देशभर थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८१४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

 

 

मन्त्रालयका अनुसार १ हजार ७३१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४ जना र १ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७८६ पुगेको छ ।

 

 

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना संक्रमितहरु निको भएका छन् ।

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३२० पुगेको छ । हाल नेपालमा १ सय २४ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।