यातायात कार्यालयका पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ।

 

 

विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ ।

 

 

उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट सच्याएर ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारणऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ।

 

 

 

तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर -पाँचौं कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर -करार सेवा, रेजु भट्टराई, कम्प्युटर अपरेटर -करार सेवा, रोशन राजभण्डारी, कम्प्युटर अपरेटर -करार सेवा, स्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर-करार सेवा, लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर -करार सेवा, माया सेठी, कम्प्युटर अपरेटर(करार सेवा) रिचा श्रेष्ठ उपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

यो खबर जाजको नेपाल समाचार पत्र दैनिकमा छ ।