देशभर थप ३१ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४२५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार १ हजार ५७५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २८ जना र ८ सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८१७ पुगेको छ ।

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना संक्रमितहरु निको भएका छन् ।

 

 

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३३० पुगेको छ ।

 

 

 

हाल नेपालमा १ सय ४२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।