पारस्परिक जवाफदेहिता परियोजना समापन: पत्रकार महासंघ ललितपुरलाइ कदर पत्रसहित सम्मान

काठमाडौं। पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको बताइएको छ।

 

 
युएसएआइडी एफएचआइ ३६० को सहयोगमा सूचना र मानव अधिकार संञ्चार प्रतिष्ठन नेपाल ललितपुरले जिल्लाका दुइ वटा स्थानीय तहमा सञ्चालन गरेको परियोजनाको आज बुधबार जिल्ला समन्वय समिति ललितपुरमा आयोजित परियोजना सम्पन्न कार्यक्रका सहभागि सरोकारवालाले ५ वषदेखि संचालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताएका थिए।

 

 

कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख मिना शर्माले परियोजनाले राम्रो परिवर्तन ल्याएको कुरा सुन्दा धेरै खुशी लाग्छ परियोजना सकिएपनि अभियान आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

त्यस्तै नेपाल पत्रकार महासंघ लिलतपुर जिल्ला शाखालाइ कदर पत्र दिएर सम्मान गरिएकाे थियाे । परियाेजनाकी अध्यक्ष मिना शर्माले पत्रकारहरूबाट धेरै सहयाेग पाएकाेमा खुशी रहेकाे बताउनु भयाे । 

 

 

त्यस्तै पत्रकार महासंघ ललितपुर सधैं हातेमालाे गर्दै अगाडी बढ्न तयार रहेकाे र जनताकाे सेवा गर्ने कार्यमा कहिले पनि पछि नपर्ने अध्यक्ष सागर न्याैपानेले प्रतिबद्धता जनाउनुभयो।

 

 

 महासंघका तर्फबाट कार्यक्रममा सहभागी अध्यक्ष सागर न्याैपाने,उपाध्यक्ष रनसुर महतारा (रमेश),केशरी पुन, कार्यसमिति सदस्य राशरण न्याैपानेलगाएतका पत्रकारहरूकाे उपस्तिथि रहेकाे थियाे। 

 

 


त्यस्तै परियाेजनाले गैर सरकारी संस्था ललितपुरका अध्यक्ष नरेन्द्र डंगाेललाइ पनि कदर पत्र दिएर सम्मान गरेकाे थियाे । 

 

 

 

परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा देखिएका विभिन्न काम गरेको सहभागीहरूले बताएका थिए।  

 

 

बैठकमा गाेदावरी नगरपालिका र काेन्ज्साेम गाउँपालिकाका जनप्रतिनिधी, पत्रकार, स्थानीय समुह लगायतको सहभागिता रहेको थियो ।