५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

काठमाडौं । सरकारले आजदेखि २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाभाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ ।

 

 

 

आजदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

२७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने २ श्रावणदेखि ८ सम्म दिइनेछ । पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ भने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व,सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।

 

 

 

सबै बालबालिकालाई विद्यालयमै खोप दिइने छ । दोस्रो चरणमा भने ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा लगाइने छ ।

 

यस्तै दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छ ।