हत्या अभियोगमा मल्ल पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा काठमाडौंको ७ गौरिघाट निवासी बिबेक मल्ल रहेका छन् । गत जेष्ठ २१ गते मोरङ्ग जिल्ला सुन्दरहरैचा ९ घरभै काठमाडौंको कुमारीगाल बस्दै आएका वर्ष उज्जल काफ्ले मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

 

 

बीस सेवनबाट काफ्लेको मृत्यु भएको बताइए पनि अनुसन्धान गर्दै जाँदा मल्ललाइ पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णकुमार कोइरालाले बताउनुभयो ।

 

 

 

हत्यापछि मल्ल काठमाडौबाट भागेर उदयपुरको कटारी नगरपालिका ६ चुहाडमा लुकी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

 

 

पक्राउ परेका मल्ल उपत्यकाको विभिन्न स्थानमा भएको चोरी डाँका मुद्दामा फरार रहेको पनि अनुसन्धानबाट खुलेको छ ।

 

उनीमाथि थप अनुसन्धानको लागि प्रहरी बृत गौशाला पठाएको छ ।