बाजुरा जिल्लाका ६ पालिकाको बजेट सार्वजनिक

काठमाडौं। बाजुरा जिल्लाका ६ वटा स्थानीय तहले आज २०७९/८० को बजेट सार्वजनिक गरेका छन्।देशभरका धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

 

 

 

बाजुराका केही पालिकाले यस अघि नै सार्वजनिक गरि सकेका छन्। बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका र हिमाली गाउँपालिकाले ९ गते नै बजेट ल्याइसकेका छन् भने ६ पालिकाले बजेट ल्याउन आज निति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। 

 

 

 

आज निति तथा कार्यक्रम ल्याउने पालिकाहरु मध्य बडिमालिका नगरपालिका, बुढिन्नदा नगरपालिका,स्वामिकार्तिक खापर गाउँपालिका,जगन्नाथ गाउँपालिका,गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाले निति तथा कार्यक्रम आज सार्वजनिक गरेका हुन।  

 

 

जिल्लाका ९ स्थानिय तह मध्य बुढीगंगा नगरपालिका बाहेक सबै पालिकाहरुले निति तथा कार्यक्रम ल्याएका छन् ।

 

असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

 

 

सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

 

 

बाजुराको बुढीगंगा नगरपालिकाकाे यही असार २३ गते निर्वाचन ताेकिएकाे छ भने अन्य ८ वटा पालिकाहरुमा जनप्रतिनिधिहरु आइसकेका छन्। ती पालिकाका जनप्रतिनिधिहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।