परिवार योजना कार्यक्रममा सरकारी लगानी कम भएको गुनासो

काठमाडौं । परिवार योजना कार्यक्रममा सरकारले लगानी बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । परिवार कल्याण महाशाखाले आयोजना गरेको पत्रकार अन्तरक्रियामा सेवाको समतामूलक पहुँचका लागि सरकारले थप लगानी गर्नुपर्ने उनीहरुको बताएका हुन् ।

महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले परिवार योजना सेवाले व्यक्ति र दम्पत्तिको शिक्षा, वृत्ति विकास, सशक्तिकरण र आर्थिक उत्थानमा मद्दत पुर्‍याउने बताइन् ।

परिवार योजना सेवाले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । २०१६ को तथ्यांकअनुसार नेपालमा २ दशमलव ३ प्रतिशत कुल प्रजनन् दर छ। सन् १९९६ देखि २०१६ मा गर्भ निरोधक साधनको परिपूर्ती माग ३१ बाट २४ प्रतिशतमा झरेको महाशाखाले जनाएको छ । शहरी क्षेत्रमा २००१ देखि कुल प्रजनन् दर स्थिर रहेपनि ग्रामीण क्षेत्रमा प्रजनन् दरमा कमी आएको अर्यालले बताइन् । हाल आधुनिक परिवार योजना सेवाको प्रयोग ४३ प्रतिशत छ। यो संख्या ६० प्रतिशतसम्म पु¥याउने सरकारको दिगो विकास लक्ष्य छ ।