बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गर्यो यस्ता लोकप्रिय कार्यक्रम गाउँसभाबाट पारित

काठमाडौं।देशभर आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । त्यही क्रममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

 

 

गाउँपालकिाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनको उद्घाटन संगै महत्वपूर्ण नीति तथा कार्यक्रम पारित गरिएका छन्।

 

 

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले गाउँपालिका भित्रदेखिएका समस्याको तत्काल समाधान गर्ने उद्देश्यका साथ नीति तथा र्कायक्रम पारित गरिएको बताइएको छ। आजबाट थप छलफल गर्दै कार्यक्रमहरू पारित गरिने अगाडी बढ्ने गाउँपालिका स्राेतले बताएको छ।

यस्ता छन्-केही पारित गरिएका नीति तथा र्कायक्रमहरू: 

 

स्वामिकार्तिक खापर गाउपालिकाले आगामी आ.व. २०७९÷०८० का लागि गाउँसभाबाट पारित गरिएका केहि नीति तथा कार्यक्रमहरु यस्ता रहेका छन्।
 
 
 
१.यस गाँउपालिकामा प्राविधिक शिक्षा पढाउनका लागि एक बहुप्राविधिक शिक्षालय खोल्न आवश्यक पहल गरिनेछ ।
 
 
 
 
२.शैक्षिक क्षेत्रका समस्या समाधानका साथै शैक्षिक गुणस्तरमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधिलाई प्रत्यक्ष रुपमा जिम्मेवार बनाउनका लागि महिनामा एक पटक “विद्यालयमा जनप्रतिनिधि”, कार्यक्रम सञ्चालन गरिने छ । शैक्षिक क्षेत्रमा थप उपलब्धि हासिल गर्न बेला बेलामा आवश्यक अनुगमन कार्यलाई निरन्तरता दिइने छ ।
 
 
 
 
३.कोरोना महामारीबाट सबै भन्दा बढी थला परेको शिक्षा क्षेत्रलाई माथि उठाउनका लागि शिक्षा क्षेत्रमा व्यापक सुधारको नीति अवलम्बन गरिनेछ । पूर्वाधारको विकास, जनशक्तिको विकास र निर्माणाधिन विद्यालयका भवनलाई समयमा नै निर्माण कार्य सम्पन्न गरिनेछ ।
 
 
 
 
 
४.शिक्षण संस्थाहरुलाई सूचना तथा संञ्चार प्रविधिको प्रयोग तर्फ प्रोत्साहन गर्न कम्प्युटर, प्रोजेक्टर, स्मार्टबोर्ड जस्ता आधुनिक शैक्षिक सामग्रीको प्रयोगमा जोड दिदै अन्य आन्तरिक भौतिक स्रोत साधन सम्पन्न गरिदै लगिनेछ । विद्यालयहरुलाई सूचना, सञ्चार र प्रविधि सँग जोडनका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय र आइ.सि.टि. ल्याब सहित इन्टरनेट जडान गरिनेछ ।
 
 
 
 
 
५.विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न विद्यालय भित्र कुनै पनि राजनीतिक दलका कार्यक्रमहरु संचालन गर्न नदिने व्यवस्था मिलाईने छ । साथै विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा सुर्ती जन्य पदार्थ, मदिरा तथा मध्यपान जन्य पदार्थ र अन्य लागु औषध जन्य पदार्थ विक्रि वितरणमा कडाइका साथ प्रतिबन्ध लगाइनेछ ।
 
 
 
 
 
६.गाउँपालिकाका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकका लागि शिक्षा ऐनमा भएको व्यवस्था अनुसार तहगत शैक्षिक योग्यतालाई अनिवार्य लागू गरिने छ ।
 
 
 
 
 
७.स्वयमसेवक शिक्षकहरु लाई पोशाक भत्ता उपलब्ध गराईनेछ ।
 
 
 
८.गाउँपालिकामा जिल्ला स्तरीय खेलकुद आयोजना गर्न सकिने खालको खेल मैदान निर्माण गरिनेछ ।
 
 
 
 
९.मिगु देखि फयालगाँउ सम्मको सडकलाई यसै आर्थिक बर्षमा स्तरोन्नती गरि वाह्रै महिना संचालन हुने बनाउदै, ५ वटै वडा कार्यलय र वडाका महत्वपुर्ण सबै वस्तीमा सडक सञ्जालले जोडिने छ । यस गाउँपालिकाको वार्ड नं. २ बाट कालिकोट सिमाना हुँदै लौठी –घेजाड – काटकोईराला –जोरु सैदेवको लेखाली सडकलाई उच्च प्राथमिकता राखी कार्य निरन्तर अगाडी बढाईनेछ ।
 
 
 
 
 
१०.गाउँपालिकाले मोटो रकम खर्चेर पनि प्राविधिक तुर्टी तथा विविध कारणले हाल सम्म राम्रोसंग संञ्चालन हुन नसकेको कर्णालीको फेरीलाई पूर्ण सुचारुको अवस्थामा ल्याउन लगाई सकेपछि फेरी संचालनको उचित संयन्त्र र कार्यविधि बनाई व्यवस्थित रुपमा सुचारु गरीनेछ ।
 
 
 
 
 
११.गाउँपालिकाको प्राथमिकतामा रहेको वाईको लिफ्ट सिँचाईलाई प्राथमिकतामा राख्दै यसै आर्थिक बर्ष भित्र वाईका खेतमा सिंचाईको पानी पुगाउने लक्ष्य लिएकोछ ।
 
 
 
 
 
१२.ढिकोरी लघुजलविद्युत आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गरी सेवा विस्तार गरिनेछ ।
 
 
 
 
१३.सामुहिक र व्यक्तिगत ढंगले संचालन गरिएका कृषि व्यवसायलाई उत्पादन वृद्धी गर्नका लागि साना सिँचाई र पानी टंकीको सहयोग गरिनेछ।
 
 
 
 
१४.खाने तेलको मूल्य दिन प्रतिदिन बढीरहेको समयमा यस स्वामिकार्तिक खापर गा.पा. भरी सहज उत्पादन गर्न सकिने सुर्यमुखी, तोरी,भटमास र ढटेलोको खेति गर्न प्रोत्साहन गर्ने निति लिइनेछ ।
 
 
 
 
 
१५.कृषिमा आवद्ध भएका व्यवसायिहरुको विभिन्न जोखिमबाट बच्नका लागि कृषि विमा र पशुपंक्षि विमाको व्यवस्था मिलाईनेछ ।
 
 
 
 
१६.माछा पालन कृषकहरुलाई अनुदान दिने नीति लिईनेछ । साथै माछाको नर्सरी स्थापनाका लागि कृषक समुहहरुलाई प्रात्साहन गरिने छ ।
 
 
 
 
 
१७.गाउँपालिका भित्रका पशुको नस्ल सुधार कार्यक्रम अगाडी बढाउदै “एक घर एक दुहुनु गाई” भएको अवधारण लिदै यस क्षेत्रकै दुग्ध जन्य उत्पादन गर्नका लागि एक दुग्ध डेरी स्थापना गर्ने नीति लिईनेछ ।
 
 
 
 
 
१८.गाउँपालिका र वडा स्तरिय कृषि उपज संकलन केन्द्र स्थापना गरिनेछ ।
 
 
 
 
 
१९.जलवायू अनुकुलन खेति प्रर्णालीको विकास गरी रैथाने बालीको संरक्षण, प्रर्बद्धनमा जोड दिदै उत्पादनमा बृद्धि गर्ने नीति लिईनेछ ।
 
 
 
 
२०.फलफुल खेती प्रवद्र्धन तथा कृषकलाई व्यवसायिक बनाउनका लागि गाउँपालिकाका पाँचै वडाको उपयुक्त जमिनमा फलफुल खेती विस्तार गरिने छ ।
 
 
 
 
२१. बाली विशेषका आधारमा पटेक क्षेत्र विस्तार गरिनेछ ।
 
 
 
 
२२.धार्मिक पर्यटन व्यवसायको सम्भावना अध्ययन गरिनेछ । पुराना धार्मिक क्षेत्रहरुको पुनः निर्माण र मर्मत सम्भार गारिनेछ ।
 
 
 
 
 
२३.पर्यटनको प्रचुर सम्भावना र महत्व रहेको पादुका देखि – देउरा जोडने जिपलाईनको डिपीआर गरिनेछ ।
 
 
 
 
२४.पुराना पोखरी, ताल, मुहानको संरक्षण गरि प्रयोगमा ल्याइनेछ ।
 
 
 
 
२५.धर्मिक तथा एग्रो टुरिजमलाई प्रवद्र्धन गर्न आवश्यक नीति लिईनेछ ।
 
 
 
 
२६.७० बर्ष भन्दा माथिका बृद्धा बृद्धहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
 
 
 
 
२७.जेष्ठ नागरिहरुको ज्ञान, सिप तथा अनुभवहरुलाई पुस्ताहस्तान्त्रण गर्नका लागि गाउँपालिकाको केन्द्रमा जेष्ठ नागरिक मिलन केन्द्र खोलिने छ ।
 
 
 
 
२८.विकास निमार्णका कार्यलाई असोज महिनाको पहिलो हप्ता भित्र सञ्चालनमा ल्याइने छ ।
 
 
 
 
 
२९.समयमै काम नगर्ने र गुणस्तर हिन काम गर्ने ठेकादारलाई कानुनी कारवाहिको दायरामा ल्याइने छ । साथै गुणस्तर रुपमा समयमा नै कार्य सम्पन्न गर्ने निमार्ण व्यवसायीहरुलाई पुरस्कृत गर्ने निति लिईनेछ ।
 
 
 
 
 
३०.बाढी पहिरोको प्रभावले जोखिममा परेका घर बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निती लिइनेछ ।
 
 
 
 
 
३१.तराईको इनारको पानी जार र बोतलमा राखी पहाडमा खानु भन्दा पहाडको शुद्ध चिसो पानी प्रशोधन गरी “स्वामिकार्तिक मिनरल वाटर” नामक पानी उत्पादनको लागि नीजि क्षेत्रसंग आवश्यक सहकार्य गरिनेछ ।
 
 
 
 
 
 
३२.हाम्रो आफ्नो बजार र नयाँ बस्ती बिकासका लागि एकिकृत बस्ती बिकास योजनालाई संचालन गर्न पहल गरिनेछ ।
 
 
 
 
३३. ५० वर्ष माथि उमेरका साहार विहिन एकल पूरुषहरुलाई दोहोरो सुविधा नपर्ने गरी मासिक भत्ताको व्यवस्था गरीनेछ ।
 
 
 
 
३४. सुत्केरी महिलाहरुसंग उपाध्यक्ष कोसेली कार्यक्रम लागु गरीनेछ ।
 
 
 
 
३५.गर्भवति महिलालाई नियमित स्वास्थ्य जाँच गरेवापत प्रोतसाहन स्वरुप २ पोका आयोडिनयूक्त नून र पोषण सामग्री उपहार कार्यक्रम लागु गर्ने नीति लिईनेछ ।
 
 
 
 
 
३६. स्वामीकार्तिक खापर गाउँपालिकाको योजनाबद्ध,दिगो र बातावरणमैत्रि विकासका लागि एकिकृत विज्ञ टोलीको अध्ययन गराई सोहि अनुसार विकास गतिविध संचालनको नीति लिईनेछ ।
 
 
 
 
 
३८. घर छाना निर्माणका लागी वडा तथा गाउँपालिका बाट अनुमति लिई सकेपछि मात्र सामुदायिक वनहरुले पुर्जी दिने व्यवस्था मिलाइनेछ ।
गाउँपालिकामा भए गरेका सम्पुर्ण गतिविधीलाई वेइबसाइट मार्फत सार्वजनिक गरिनेछ ।
 
 
 
 
३९.गाउँपालिकामा निमार्ण हुने भौतिक पूर्वाधार लगाएत अन्य कार्यक्रमहरुको प्रभावकारी मूल्याँकन तथा अनुगमनका लागि अन्तर वडाका जनप्रतिनीधि तथा प्राविधिहरुलाई क्रसचेकिङको अनुगमन नीति लिईने छ ।
 
 
 
 
 
 
४०.गाउँपालिकामा खानेपानीको गुणस्तर मापनका लागि गाउँपालिकामा पानीको गुणस्तर मापन ल्याव स्थापना गरिनेछ ।
 
 
 
 
 
४१. यस गाउँपालिकाको वाई, पादुका र सुईजिउला क्षेत्रमा सहरीकरणका लागि टाउन प्लानिङको सम्भावयता अध्ययन गरिनेछ । साथै भवन निमार्ण कार्यविधि बनाई लागु गरिनेछ ।
 
 
 
 
४२. नुन र खाद्यको डिपो स्थापनाका गराइनेछ ।
 
 
 
४३.सुत्केरी महिलाई एम्बुलेन्स सेवा निशुल्क गर्दै एअर एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
 
 
 
 
४४.जेष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा पुगाउँने व्यवस्था गरिने छ ।
 
 
 
 
 
४५. दलित तथा विपन्न परिवारका उत्कृष्ट छात्र छात्राहरुलाई उच्च शिक्षा पढनका लागि छात्रबृति कोषको स्थापना गरीनेछ ।