किसानले २ किलो मल लिन पाँच घण्टा लाइनमा

काठमाडौं । जिल्लाको पनौती नगरपालिका–१ रयालेका किसान २ किलोग्राम रासायनिक मलका लागि ५ घण्टा लाइन बस्न बाध्य भएका छन् ।

 

 

स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।

 

 

 

९ बजेदेखि लाइन लागेका किसानले ५ घण्टापछि २ केजी युरिया र १० केजी डिएपी मल प्राप्त गरेका हुन् । १ सय ५० किसानलाई उक्त परिमाणमा मल दिइएको संस्थाका सचिव दिनेश तिमल्सिनाले जानकारी दिनुभयो ।

 

 

 

लाइन लागेका १ सय ५० भन्दा बढी किसान भने मल नपाएर निराश हुँदै घर फर्किएका छन् । युरिया मल प्रति केजी २५ रुपैयाँ र डिएपी ५५ रुपैयाँमा किसानलाई उपलब्ध गराइएको छ ।