सेयर बजारमा आज दोहोरो अंकको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ। आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो।

 

 

आज नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको हो।

 

 

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

 

 

आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

 

 

 

 

आज कारोबार भएका २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ। यसमध्ये तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ।

 

 

 

 

सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९२.५० रुपैयाँ पुगेको छ भने न्यादी हाइड्रोको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ९.१५ प्रतिशतले बढेर १४१९ रुपैयाँ पुगेको छ।

 

 

 

 

नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्। यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

 

 

 

 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ। यसको आज १५ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ।