स्थानीय निर्वाचनबाट त्रसित माओवादी, अन्तर्घातको संज्ञा दिँदै

काठमाडौं । स्थानीय तहको निर्वाचनबाट माओवादी केन्द्र तेस्रो दल बनेको छ । २०७४ को स्थानीय तह निर्वाचनभन्दा आफ्नो सिट संख्या बढाएको भएपनि माओवादी केन्द्रले सोचे अनुसार सफलता भने पाउन सकेन । गठबन्धनको वलमा चितवनमा मेयर जितेको भएपनि अन्य शहरी क्षेत्रका स्थानीय तहमा भने माओवादी केन्द्रले जित्न सकेन ।

 

 

अव संघ र प्रदेशको निर्वाचनमा समेत गठबन्धनको तयारी गरेको माओवादी केन्द्र आफु ठूलो दल बन्ने घोषणा गरेपनि संसकित देखिएको छ । गठबन्धनमा सोचे अनुरुप मत नआउनु तथा शहरी क्षेत्रमा जित्न नसक्नुलाई माओवादी केन्द्रले अन्तरघातको संज्ञा दिएको छ । यद्यपी माओवादी केन्द्र आफ्नै कारणले पछि परेको विश्लेषकहरुको भनाइ छ ।

हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको भएपनि गठबन्धन गरेर जुन स्थान बनाउन चाहन्थ्यो, त्यो बन्न सकेन । २०७४ को स्थानीय निर्वाचनको तुलनामा आफ्नो अवस्था सुधार गरेको भएपनि त्यो गठबन्धनको मतका कारण भएको विश्लेषण गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ मा माओवादी केन्द्रले देशभरबाट १२१ पालिका प्रमुख र १२६ पालिकामा उपप्रमुख जितेको छ ।

 

 

यद्यपी चुनाव अघि दोस्रो दल बन्ने माओवादी नेताहरुको घोषणा सफल हुन सकेन । माओवादी केन्द्रले यसलाई घठवन्धनमा अन्तरघात भएको रुपमा वुझेको छ । केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफ्नो पार्टीलाई हराउन विभिन्न पार्टीहरुले षड्यन्त्र गरेको खुलासा गरेका थिए ।

माओवादी केन्द्रका नेताहरुले गठबन्धनमा सोचे अनुसार मत नआएको भनेपनि उसको आफ्नै गतिविधिका कारण यस्तो परिणाम देखिएको धेरेको विश्लेषण छ । भरतपुर महानगर बाहेकका शहरी क्षेत्रमा माओवादी केन्द्रको घट्दो प्रभावले यस्तो संकेत गरेको विश्लेषकहरुको मत छ । माओवादी केन्द्रले स्थानीय निर्वाचनमा अन्तरघात भएको बताएपनि संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायमै रहने भनाइले माओवादीलाई आफ्नै शक्तिमा विश्वास नभएको धेरैको अनुमान छ ।

 

 

 

त्यसो त माओवादी केन्द्रले धेरै सिट संख्याकै लागि नेपाली कांग्रेसलाई देखाएर एमाले, तथा एमालेलाई देखाएर कांग्रेससंग सिटको वागेनिङ गरिरहेको छ । अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा वामपन्थी दलमा एक नम्वर बन्ने वताउदै आएका छन । तर उनको यो दावी सफल हुन भने मुस्किल देखिन्छ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको पकड क्षेत्र मानिएका स्थानमा समेत भएको पराजयले यस्तै संकेत गर्छ । माओवादीको पकड क्षेत्रका रुपमा हेर्ने गरिएका रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, कालीकोट र जाजरकोट लगायतका जिल्लाहरुमा नै माओवादीको नतिजा सोचुअनुरुप आउन सकेन ।

 

 

त्यसैले माओवादी केन्द्र अर्को दलसंगको गठबन्धनले केहि सिट जित्न सक्ने भएपनि एक्ले चुनावमा गए पकड क्षेत्र मानिएका केहि क्षेत्रवाहेकमा जित्न सक्ने आधार देखिदैन । कुनै समयमा संसदमा पहिलो दलका रुपमा आफ्नो उपस्थिति जनाएको माओवादी केन्द्र छिन्नभिन्न हुँदै गर्दा तेस्रो दलका रुपमा सिमित रहेको छ । आम मानिसमा माओवादी केन्द्र शक्तिमा आउँदै गर्दा धेरै अपेक्षा र आशा रहेको भएपनि शक्तिमा आएपछि उसका गतिविधि नेताहरुको जिवनशैली लगाएतका कारण अहिलेको अवस्था आएको विश्लेषकहरुको भनाइ छ । यस्तै गतिविधि कायम राखे माओवादी केन्द्र थप कमजोर हुने विश्लेषकहरुको धारणा छ ।

 

माओवादी केन्द्र संसदीय गणितमा कमजोर मात्र भएको छैन, कुनै समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवरी घुम्ने नेपाली राजनीतिको परिवेश समेत फेरिएको छ । विभाजन र नेताहरुको कार्यशैलिका कारण कमजोर बन्दै गएको माओवादी केन्द्रको अवस्था संघीय र प्रदेश निर्वाचनमा यस्तो हुनेछ भन्ने विश्लेषण गरिएपनि उसको वास्तविक अवस्था कस्तो हुनेछ, त्यो भने निर्वाचन पछिनै थाहा हुनेछ ।