रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँदैन :वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार अर्कै गर्ने प्रवृत्ति भएको आरोप लगाएका छन् ।

 

 

 काठमाडौंमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे ।

 

रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाज आउँछ ? उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने,हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण कुरा हाे।

 

 

 

  शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले आइतबार पत्रकार सम्मेलनमा आँसु झारेकी थिइन् ।

 

 

 

वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीले सबै नेताहरुलाई मन्त्री बन्न पालो पुर्‍याउन खोजेको भन्दै त्यो चरित्र समाजवादी नभएको बताएका हुन् ।

 

 

पौडेलले नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए । अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्ने बताए।