न्यायाधीश १० करोड घुस प्रकरण: न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई छुटाउनका लागि १० करोडको घुसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

 

 

न्यायपरिषदद्वारा गठित छानबिन समिति सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला स्वतः निलम्बनमा परेका हुन् ।

 

 

  न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन १० करोड धरौटी माग्ने र काम गरेबापत २ करोड लिने डिल गरेको अडियो रेकर्ड सार्वजनिक गरेको थियो ।

 

 

उक्त डिल अडियो प्रकरण बाहिरिएसँगै न्यायपरिषदको बैठकले छानबिन समिति गठन गरेको थियो ।

 

 

 

परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा छानबिन समिति गठन भएको छ । उक्त समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।