बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकाले गर्यो शिक्षामा सुधार गर्न “विद्यालयमा जनप्रतिनिधि” कार्यक्रम सञ्चालन

काठमाडौं। बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकाले शिक्षामा सुधार गर्ने उदेश्यका साथ आजबाट विद्यालय अनुगमन कार्य सुरू गरिएको छ।

 

 

गाउँपालिका भरीका विद्यालयको बस्तुस्थिती बुझ्ने कार्य गाउँपालिका अध्यक्ष भरत वहादुर रोकायाले आजबाट सञ्चालन गर्नु भएको हाे ।

 

 

शैक्षिक क्षेत्रका समस्या समाधानका साथै शैक्षिक गुणस्तरमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधिलाई प्रत्यक्ष रुपमा जिम्मेवार बनाउन महिनामा एक पटक “विद्यालयमा जनप्रतिनिधि” कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय अनुगमन कार्य सुरू गर्नु भएको हाे।

 

 

 

शैक्षिक क्षेत्रलाइ थप व्यवस्थित गर्न बेला बेलामा आवश्यक अनुगमन कार्यलाई निरन्तरता दिने उदेश्यका साथ आजबाट अनुगमन सुरू गरिएकाे गाउँपालिका स्राेतले जनाएकाे  छ ।

 

 

सोहि कार्यक्रम अन्तरगत आज स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष भरत रोकाया र उपाध्यक्ष मैना जोशिले श्री शम्भु सुनन्दा माध्यामिक बिधालय जुकोटको बस्तुस्थिका बारेमा जानकारी लिनुभएको छ।

 

 

प्रत्येक वडाका वडाअध्यक्ष र जनप्रतिनिधिको सहभागीतामा स्वामीकार्ति गाउँपालिका भरीका विद्यालयको जानकारी लिने कार्य जारी रहेको छ।

 
विद्यालय अनुगमन कार्यलाइ निरन्तर आजबाट सुरू गरिएकाे र गाउँपालिका भित्रका सबै वडामा रहेका विद्यालयमा साेही वडाका जनप्रतिनिधि सहित विद्यालय अनुगम गर्ने बताइएकाे छ।
 
 
 
 
 
त्यस्तै अनुगमन पछि विद्यालय भित्र देखिएका समस्याकाे समाधान कसरी गर्न सकिन्छ त्यसकाे बारेमा थप याेजना बनाउने गाउँपालिकाकाे उदेश्य रहेकाे स्राेतले जनाएकाे छ।  
 
यस्ता छन् गाउँपालिकाले गरेका निर्णयहरू-
 
१.यस गाँउपालिकामा प्राविधिक शिक्षा पढाउनका लागि एक बहुप्राविधिक शिक्षालय खोल्न आवश्यक पहल गरिनेछ ।
 
 
 
२.शैक्षिक क्षेत्रका समस्या समाधानका साथै शैक्षिक गुणस्तरमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधिलाई प्रत्यक्ष रुपमा जिम्मेवार बनाउनका लागि महिनामा एक पटक “विद्यालयमा जनप्रतिनिधि”, कार्यक्रम सञ्चालन गरिने छ । शैक्षिक क्षेत्रमा थप उपलब्धी हासिल गर्न बेला बेलामा आवश्यक अनुगमन कार्यलाई निरन्तरता दिइने छ ।
 
 
 
३.कोरोना महामारीबाट सबै भन्दा बढी थला परेको शिक्षा क्षेत्रलाई माथि उठाउनका लागि शिक्षा क्षेत्रमा व्यापक सुधारको नीति अवलम्बन गरिनेछ । पूर्वाधारको विकास, जनशक्तिको विकास र निर्माणाधिन विद्यालयका भवनलाई समयमा नै निर्माण कार्य सम्पन्न गरिनेछ ।
 
 
 
 
४.शिक्षण संस्थाहरुलाई सूचना तथा संञ्चार प्रविधिको प्रयोग तर्फ प्रोत्साहन गर्न कम्प्युटर, प्रोजेक्टर, स्मार्टबोर्ड जस्ता आधुनिक शैक्षिक सामग्रीको प्रयोगमा जोड दिदै अन्य आन्तरिक भौतिक स्रोत साधन सम्पन्न गरिदै लगिनेछ । विद्यालयहरुलाई सूचना, सञ्चार र प्रविधि सँग जोडनका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय र आइ.सि.टि. ल्याब सहित इन्टरनेट जडान गरिनेछ ।
 
 
 
 
 
५.विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न विद्यालय भित्र कुनै पनि राजनीतिक दलका कार्यक्रमहरु संचालन गर्न नदिने व्यवस्था मिलाईने छ । साथै विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा सुर्ती जन्य पदार्थ, मदिरा तथा मध्यपान जन्य पदार्थ र अन्य लागु औषध जन्य पदार्थ विक्रि वितरणमा कडाइका साथ प्रतिवन्ध लगाइनेछ ।
 
 
 
 
६.गाउँपालिकाका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकका लागि शिक्षा ऐनमा भएको व्यवस्था अनुसार तहगत शैक्षिक योग्यतालाई अनिवार्य लागू गरिने छ ।
 
 
 
७.स्वयमसेवक शिक्षकहरु लाई पोशाक भत्ता उपलब्ध गराईनेछ ।
 
 
 
८.गाउँपालिकामा जिल्ला स्तरीय खेलकुद आयोजना गर्न सकिने खालको खेल मैदान निर्माण गरिनेछ ।