राप्रपाद्वारा कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै धर्ना

काठमाडौं। किसानलाई तत्काल मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले धर्ना दिएको छ ।

 

 

सरकारले वर्षा लागिसक्दा समेत किसानलाई बीउ र मलजस्ता अत्यावश्यक बस्तु उपलब्ध गराउन नसकेकाले धर्ना दिएको हो ।

 

 

 

पोखरास्थित कृषि ज्ञान केन्द्रको कार्यालय अगाडि किसानका हकहित सुनिश्चित गर्न धर्ना दिएको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

 

 

 

उनका अनुसार धर्नामा सहभागीले किसानलाई समयमै मल बीउ–विजन वितरण गर, किसानका उत्पादनका उचित बजार मुल्य व्यवस्था गर, कृषिको आधुनिकिकरण गर, किसानलाई उचित तालिमको व्यवस्था गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

 

 

धर्नापश्चात आायोजित कोणसभामा बोल्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चाराम गुरुङले सरकार किसानको खिलापमा रहेको बताए ।

 

 

 

‘कृषि प्रधान देशमा सरकारले किसानको न आवाज सुन्छ न समस्या बुझ्छ, उनले भने, किसानलाई सधैं गरिबीकै रेखामुनि राख्ने षडयन्त्र सरकारले गरेको छ।

 

 

 

 

कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले किसानका आवश्यकता पुरा नगरेसम्म आन्दोलन जारी रहने बताए ।

 

 

कार्यक्रममा नेताहरु जयलाल पुन, शंकर खराल लगायतले मन्तव्य राखेका थिए ।