स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी,दुई तहको संघीय संरचना बनाउनुपर्छ :नेता देव गुरुङ

फाइल तस्वीर

काठमाडौं ।  माओवादी केन्द्रका नेता तथा प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् ।

 

 

 

आज ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका हुन् ।

 

 

 

उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको बताए ।

 

 

उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी सञ्चालन गर्नुपर्ने बताए ।

 

 

 

सोही अनुरूपको क्षेत्राधिकारहरूको बाँडफाँट हुनु जरुरी रहेको उनको भनाइ छ ।

 

 

तीनवटा तहको जुन संरचना बनाइएको छ, तीनवटा तहको संरचना यो संघीय संरचना हो भन्ने लाग्दैन ।

 

 

कता कता यसलाई प्रशासनिक इकाइको रूपमा, एउटै एकात्मक प्रणाली अन्तर्गतको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको देखिन्छ गुरूङले भने ।

 

 

संघीयता रियल अर्थमा भन्ने हो भने के हुन्छ भन्दा दुईवटा तह भन्दा तेस्रो तह बनाउने विषय हुँदैन ।

 

 

 

स्थानीय तह प्रदेशको मातहतमा सञ्चालन गर्नुपर्ने विषय हो भन्ने लाग्छ । अहिलेको तीनवटा तहको परिकल्पनाबाट जाने हो भने प्रदेशको कुनै अर्थ र औचित्य नभएकाे नेता गुरूङले भने ।