किराना व्यवसायी संघले गर्यो विभिन्न खाद्य वस्तुहरुको नयाँ मूल्यसूची सार्वजनिक (मूल्यसूचीसहित)

काठमाडौं। चितवनमा किराना व्यवसायी संघले विभिन्न खाद्य पदार्थहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छन् । किराना व्यवसायी संघले विभिन्न खाद्या वस्तुको मूल्यसूची सार्वजनिक गरेको हो।

 

 

संघका अध्यक्ष हरिराज पौडेलले भने, ‘पछिल्लो समय चामलको मूल्य अझ बढिरहेको छ, ‘पहिला तेलको मूल्य निकै बढेको हो, अहिले भने स्थिर छ ।

 

 

 

उनका अनुसार अहिले ताेरी र सनफ्लावर खाने तेलको खुद्रा मूल्य एक लिटरको ३०० रूपैयाँ छ ।

 

 

उनले भने, ‘तोरी र सनफ्लावर तेलको मूल्य अहिले बराबर छ, प्रतिलिटर ३०० रूपैयाँमा उपभोक्ताको भान्सासम्म पु¥याइरहेका छन्।

 

 

बजारमा सनफ्लावर वा तोरीको तेल आधा लिटरको न्यूनतम १५० रूपैयाँमा बिक्री भइरहेको छ । भटमासको तेल पनि लिटरको २८० रूपैयाँ खुद्रा मूल्य छ ।

 

 

आधा लिटर भटमासको तेलको मूल्य बजारमा १४० रूपैयाँ छ । अध्यक्ष पौडेलले भने, ‘तेलको पछिल्लो समय मूल्य स्थिरजस्तो छ, जति बढ्नु पहिल्यै बढेको हो ।

 

 

 

त्यस्तै मुसुरो दालको मूल्य अहिले प्रतिकेजी १६० रूपैयाँ छ, यसको मूल्य पनि स्थिर रहेकाे अध्यक्ष पौडेलले बताए ।

 

 

 

पछिल्लो समय देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा आपूर्तिमा असहजता आएको कारणले मूल्य बढेको संघका अध्यक्ष पौडेललेभने।

 

 

 

 

बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ९५ रहेको संघले जनाएको छ । उनले भने, भारतले चिनी निर्यातमा रोक लगाउँदा यहाँको बजार भाउ घटबढ भएको हाे।

 

 

 

 

अहिले उपभोक्ताले चिनी प्रतिकिलो ९५ रूपैयाँमा पाइरहेका छन् ।पहिला बजारमा चिनी पर्याप्त मात्रामा नपाइए पनि अहिले चिनीको अभाव नभएको किराना व्यवसायी संघले जनाएको छ ।

 

 

 

पछिल्लो समय चामलको मूल्य बढेको छ । प्रतिकिलो जिरा मसिनो चामल किलोको ७० रूपैयाँमा बिक्री भएको छ ।

 

 

 

कच्चा पदार्थको मूल्य वृद्धि, डलरको भाउ बढ्नु, ढुवानी खर्च वृद्धि हुनुलगायतलाई मूल्य वृद्धिको कारण देखाइएको छ ।

 

 

 

 

नुन प्रतिपोका २० रूपैयाँ, मस्यौरा प्रतिकिलो १९०, सोना चालम किलोको ५० रूपैया खुद्रा मूल्य रहेको छ ।

मूल्यसूची हेर्नुस्