एमालेमा बीउ रोपेर आएका छौँ,केही समयपछि फुल्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी बाहेकका सच्चा कम्युनिस्ट बाहिर पनि रहेको बताएका छन्।

 

 

 

बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने उनको भनाइ छ।

 

 

अध्यक्ष दाहालले भने, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ। माओवादी बाहेकका सच्चा कम्युनिस्ट पनि बाहिर छन्।

 

 

 

मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोष्टमबाट भनेको थिएँ। नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरू हजारौँ कार्यकर्ता नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ।

 

 

उनले एमालेमा माओवादीको बीउ रोपेर आएको पनि बताएका छन्।

 

 

 

अध्यक्ष दाहालले भने, ‘३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिने रहेछ भन्ने हो।

 

 

 

सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्न सक्छ तर त्यहाँ बीउ रोपिएको छ। हामी माओवादीले बीउ रोपेर आएका छौँ। हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ।

 

 

 

आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको उनको भनाइ छ।

 

 

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्नेमा जोड दिए।