बैतडीमा जबरजस्ती करणी गर्ने वडाअध्यक्ष पक्राउ

काठमाडौं। बैतडीमा जबरजस्ती करणीको आरोपका वडाअध्यक्ष पक्राउ परेका छन्।मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्।

 

 

 

पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

 

 

 

उनीहरु दुवैलाई पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए । नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।