अन्ततः राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् ।

 

 

स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

 

 

 

जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् ।

 

 

 

सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो ।

 

 

 

बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी हुन् ।

 

 

बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो ।