आज दिउँसो यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कायमै रहेको महाशाखाले जनाएको छ ।

 

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

 

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ ।

 

 

 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

 

 

 

यस्तो छ आगामी २४ घण्टाका लागि महाशाखाले दिएको चेतावनी तथा परामर्श

 

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।