बुहारी बलात्कार गर्ने जेठाजु पक्राउ

काठमाडौं। गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

 

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए ।

 

 

 

आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए ।

 

 

पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।